नेपाल सरकार / सामुदायिक विद्यालय
विद्यालयको लोगो

सामुदायिक विद्यालय / त्रिवेणी नगरपालिका, वडा नं. ४

श्री तोली देवलडाँडा माध्यमिक विद्यालय

त्रिवेणी नगरपालिका-४, मष्टोदेवल, तोली, बाजुरा

परिचय

विद्यालय परिचय

विद्यालय परिचय

श्री तोली देवलडाँडा माध्यमिक विद्यालय, त्रिवेणी नगरपालिका वडा नं. ४, मष्टोदेवल, तोली बाजुरामा अवस्थित सामुदायिक विद्यालय हो। यस विद्यालयले त्रिवेणी नगरपालिका वडा नं ३, ४ र ५ मुख्य सेवाक्षेत्र सहित त्रिवेणी नगरपालिका र आसपासको समुदायका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको छ।

विद्यालयमा प्रारम्भिक बाल विकास (ECD) देखि कक्षा १२ सम्म अध्यापन हुने गर्दछ भने उच्च माध्यमिक तहमा शिक्षा तथा बाणिज्य संकाय सञ्चालनमा छन्।

विद्यालय राष्ट्रिय परीक्षा बोर्ड (NEB), नेपालसँग सम्बद्ध छ।