नेपाल सरकार / सामुदायिक विद्यालय
विद्यालयको लोगो

सामुदायिक विद्यालय / त्रिवेणी नगरपालिका, वडा नं. ४

श्री तोली देवलडाँडा माध्यमिक विद्यालय

त्रिवेणी नगरपालिका-४, मष्टोदेवल, तोली, बाजुरा

परिचय

प्रधानाध्यापकको सन्देश

विद्यालय कुनै एक व्यक्तिको संस्था होइन; यो समुदायको साझा सम्पत्ति हो। त्यसैले यसको विकास पनि कुनै एक व्यक्ति वा नेतृत्वको प्रयासले मात्र सम्भव हुँदैन। व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक–कर्मचारी, अभिभावक, विद्यार्थी, स्थानीय समुदाय, पूर्व विद्यार्थी, शिक्षाप्रेमी तथा शुभेच्छुक सबैको सामूहिक प्रयत्नबाट मात्र विद्यालयले अपेक्षित उचाइ प्राप्त गर्न सक्छ।

यही सामूहिक भावनालाई आत्मसात् गर्दै वर्तमानमा विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय विकासलाई नयाँ गति दिने प्रयास भइरहेको छ। विगतको योगदान र वर्तमानको जिम्मेवारीबीचको सम्बन्धलाई गम्भीरतापूर्वक ग्रहण गर्दै मौजूदा अवस्थालाई अझ माथि उठाउँदै आगामी पुस्ताका लागि बलियो शैक्षिक आधार निर्माण गर्नु हाम्रो प्रमुख दायित्व हो।