बिदा
दशै/तिहार विदा सम्बन्धी सूचना
- सूचना नं.:
- २०८३/८४–००६
- प्रकाशित मिति:
२०८३ सालको दशैँ तथा तिहार पर्वको अबसरमा २०८३ असोज २५ गते घटस्थापनाको दिन देखि २०८३ कार्तिक २८ गते छठ पर्वको दिनसम्म विद्यालयका शैक्षिक कार्यक्रमहरु बन्द हुनेछन् । विदाको अवधिमा आफ्ना नानीबाबुहरुलाई गृहकार्य र स्वाध्ययनमा संलग्न गराउनुहुन अभिभावक वर्गमा अनुरोध गरिन्छ । साथै पर्वको बेलामा असावधानीबाट हुनसक्ने जोखिमहरु जस्तैः चङ्गा उडाउदा लड्नसक्ने, मेलापर्वहरुमा सहभागी हुँदा साथी सङ्गतमा लागेर कुलतमा फस्नसक्ने तर्फ सतर्क रही उचित मार्गदर्शन गरिरहन पनि अभिभावक वर्गमा अनुरोध छ ।
२०८३कार्तिक २९ गतेदेखि नियमित रुपमा कक्षा सञ्चालन हुने भएकोले उक्तदिन देखि नियमित रुपमा बालबालिकालाई विद्यालय पठाइदिनुहोला ।
← सबै हेर्नुहोस्प्रकाशित: २०२६ अक्टोबर २१